आहा! रारा पोखरा गोल्डकपमा उज्बेकिस्तानको 'ब्ल्याक बुल्स च्याम्पियन'
पाेखरा | फागुन ३, २०८१
पोखरा: २४ औं आहा! रारा पोखरा गोल्डकपकमा उज्बेकिस्तानको 'ब्ल्याक बुल्स च्याम्पियन' बनेको छ ।
पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको बुल्सको जीतमा कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८ औं तथा साभकातजोन सात्तोरोधले ६६ औं मिनेटमा गोल गरे ।
पुलिसका लागि भने शिशिर चौधरीले ७४ औं मिनेटमा सान्त्वना गोल फर्काए ।
पहिलो सहभागितामै ऐतिहासिक उपाधि जित्दै ब्ल्याक बुल्सले नगद रु १२ लाख १ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको पुलिस क्लबले नगद रु ६ लाख १ हजार हात पार्याे ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

